आईपीओ निष्काशन गर्दै विकास हाइड्रोपावर, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको आईपीओको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धक चयन गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
उक्त नियुक्ती सम्बन्धी सम्झौतामा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले गोरखाको धार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको जनाएको छ ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ४६ करोड २८ लाख ५० हजारको ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी