शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा १३७ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ को मृत्यु

बिहीबार, ३१ भदौ २०७८, १८ : ४४
बिहीबार, ३१ भदौ २०७८

गण्डकी प्रदेशमा थप १३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९६३ जनाको नमुना परिक्षण गरिएकामा १३७ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ६२ महिला र ७५ जना पुरुष रहेका छन् ।

प्रदेशका ४ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १०३, बागलुङ १, स्याङ्जा ९,पर्वत २,लमजुङ ६, तनहुँ ७ र नवलपरासी पूर्वमा ९ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८४ हजार ७५ पुगेको  छ ।

गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्की रुपा गाउँपालिका–४ की ९० बर्षिय महिला,बागलुङ नगरपालिका–५ का ५३ बर्षिय पुरुष,स्याङजा पुतलीबजार –८ का ४९ बर्षिय पुरुष र चापाकोट नगरपालिका –३ का ८१ बर्षिय पुरुष रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३९ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८१ हजार १४३ पुगेको छ ।  

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ५९३ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप