आन्तरिक विप्रेशणका लागि सेञ्चुरी बैंक
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।
यस अन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ्ग एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक विप्रेषण सोझै मोबाइल बैंकिङ्ग एपबाट पठाउन सक्नेछन् ।
आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ्ग एपमा रहेको सेञ्चुरी रेमिट मार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुबै सुविधा मध्ये एक रोज्न सकिने बैंकले जनाएको छ ।
यसका साथै मोबाइल बैंकिङ्ग एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेषण कार्य गर्न सकिने पनि बैंकले जनाएको छ ।
साथै यस सुविधा अन्र्तगत ग्राहकहरुले सेञ्चुरी बैंकका शाखा कार्यालयहरु र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्ट मार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी