शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्टरनेटको मूल्य ३०० रुपैयाँसम्म बढ्ने, संघले प्राधिकरणलाई लेख्यो पत्र

बिहीबार, ३१ भदौ २०७८, १७ : ५९
बिहीबार, ३१ भदौ २०७८

इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको मूल्य बढाउने भएको छन् । सेवा प्रदायकहरुले सहरी क्षेत्रमा १५० र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले पोल भाडा बढाएपछि इन्टरनेटको मूल्य बढाउनु परेको इन्टरनेट सेवा प्रदायक संघले जानकारी दिएको छ ।

विद्युत प्राधिकरणले पोल भाडा बृद्धि गर्ने भएपछि इन्टरनेट प्याकेजको मूल्य वद्धि गर्नुको विकल्प नरहेको सेवा प्रदायकको भनाई छ । संघले मूल्य बढाउने निर्णय गरेर बढाइएको मूल्यसूची स्वीकृत गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र समेत लेखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप