शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीर्घरोगीलाई उपचार खर्च : मिर्गौला पीडित खुशी

बिहीबार, ३१ भदौ २०७८, १७ : ५२
बिहीबार, ३१ भदौ २०७८

बजेटमा मिर्गौला दीर्घरोगीलाई मासिक उपचार खर्च व्यवस्था गरेका अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई मिर्गौला पीडित सरोकार समाजले धन्यवाद दिएको छ । 
बिहीबार अर्थ मन्त्रालयमा पुगेर समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोलीले धन्यवाद दिएको हो ।

अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगा देवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवाद पत्र प्रदान गरे । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौला पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।
‘दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भएका, प्यारालाइसिसका बिरामीहरूलाई मासिक भत्ता ५ हजार रुपैयाँ दिने व्यवस्था गर्नु भएकोमा सम्पूर्ण दीर्घरोगीको तर्फबाट एकमुष्ठ बधाई, धन्यवाद तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छौँ’, धन्यवाद पत्रमा लेखिएको छ ।

धन्यवाद पत्र ग्रहण गर्दै मन्त्री शर्माले सरकार मिर्गौला पीडितलगायतको साथमा सधैँ रहेको बताए । सरकारले डायलासिस गरिरहेका मिर्गौला पीडितलाई उपचार खर्च मासिक पाँच हजार रुपैयाँ दिने व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री शर्माले नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट राज्य नचुक्ने आश्वासन दिए । चाँडै नै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराउने अर्थमन्त्रीले बताए ।

अर्थमन्त्री शर्माले शुक्रबार संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै क्यान्सर, मिर्गौला पीडित, स्पाइनल कर्ड इन्ज्यूरीलगायतका रोगको उपचार गराइरहेका बिरामीलाई उपचार खर्चबापत मासिक पाँच हजार उपलब्ध गराउने घोषणा गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप