शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मन्त्रालय भागवण्डाका विषयमा बालुवाटारमा छलफल

बिहीबार, ३१ भदौ २०७८, १७ : ५३
बिहीबार, ३१ भदौ २०७८

सरकारले पूर्णत पाउन नसकेपछि सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको विषयमा छलफलमा जुटेका छन् । मन्त्रालय भागवण्डाको विषयलाई टुंग्याउन प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन सरकारको साझा न्युनतम कार्यक्रम कार्यदलको बैठक जारी छ । बैठकमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने विषयमा छलफल भैरहेको जनाइएको छ । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बिस्तारका लागि सत्ता साझेदार दलहरूसँग मन्त्रीको नाम माग्दा पनि राजनीतिक दलसम्बन्धी अध्यादेश विवादका कारण सरकार विस्तार हुन सकेको थिए ।  काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलमा काँग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन, देव गुरुङ  र जसपाका तर्फबाट महेन्द्र राय यादव र  राजेन्द्र श्रेष्ठ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप