शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालकै ठूलो ‘रियालिटी डान्स च्याम्पियन शो’ घोषणा

बिहीबार, ३१ भदौ २०७८, १७ : ५०
बिहीबार, ३१ भदौ २०७८

आउँदो कार्तिक ११ गते बिहीबारदेखि ‘रियालिटी डान्स च्याम्पियन शो’ हुने भएको छ । प्रतियोगिता नेपालकै ठूलो भएको दावी गरिएको छ । 

इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.लि.द्वारा कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.का लागि आगामी कार्तिक ११ गतेबाट ‘रियालिटी डान्स च्याम्पियन शो’ शुरु हुने भएको हो । 

उक्त मेगा शो कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रमको मार्केटिङ कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.ले गर्ने भएको छ । काठमाडौंको द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कि एडभर्टाइजिङ र कान्तिपुर टेलिभिजनबीच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । कार्यक्रममा कि एडभर्टाइजिङ सर्भिस प्रा.लिका अध्यक्ष रविन्द्रकुमार रिजालले यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइने बताए । उनले दशैँपछि रियालिटी शोे शुरु हुने पनि बताए । उनले भने, ‘यस मेगा शोमा १६ वर्ष भन्दामाथि र ४५ वर्ष भन्दा मुनिका प्रतिष्पर्धीलाई भाग लिन दिइनेछ, यो सबैका लागि हो तर पनि यो उमेर समूहका प्रतिष्पर्धीहरुलाई प्राथमिकतामा राखिएको छ, अहिले कान्तिपुर टेलिभिजन र कि एडभर्टाइजिङ सर्भिस प्रा.लि.बीच सम्झौत भएको हो, त्यसैले धेरै भन्न सकिने अवस्था छैन, हामी डान्स शो दशैँपछि शुरु गर्छौं ।’

उक्त मेगा शो प्रत्येक बिहीवार र शुक्रवार गरी हप्ताको दुई दिन बेलुकी ९ः०० बजे प्रशारण हुनेछ । डान्स च्याम्पियनका निर्णायकमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहेका छन् ।  त्यस्तै कार्यक्रम प्रस्तोताको रुपमा उमेश राई (फुलन्देकी आमा) रहेका छन् ।  कार्यक्रम ३२ भागको हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप