नेपाल टेलिकमले सुरु गर्‍यो जनगणनाको ‘रिङटोन’

person explore access_timeभदौ ३१, २०७८ chat_bubble_outline0

नेपाल टेलिकमले कोभिड रोकथाम सम्बन्धी जनचेतना जगाउने ‘रिङटोन’को स्थानमा राष्ट्रिय जनगणनाको रिङटोन बजाउन थालेको छ ।  राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा निःशुल्क रुपमा दुरसञ्चार प्राधिकरणले यो सन्देश बजाउन थालेको हो । आजदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङ्टोन बज्ने राष्ट्रिय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । 

जनगणनालाई सफल पार्नका लागि सबै व्यक्तिलाई सन्देश पुर्याउन यो प्रक्रिया प्रभावकारी महशुस गरेको उनले बताए । उनले भने– ‘प्रत्येक व्यक्तिसँग मोबाइल फोन हुने भएकोले सूचना प्रवाहका लागि यसरी सन्देश दिँदा महा प्रभावकारी हुन्छ । अन्य सञ्चारमाध्यमबाट सन्देश दिन बजेट कम भएका कारण यो विधि अपनाएका हौं ।’ 

नेपालमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल टेलिकम र एनसेलको रिङ्टोनमा कोभिड रोकथाम सम्बन्धी सन्देश बजाउन थालिएको थियो । झन्डै डेढ वर्षपछि मोबाइलमा फरक प्रकारको सन्देश बज्न थालेको हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।