देउवाको गृहजिल्लामा फेरि चुनाव माग्दै पौडेल समूह पुग्यो सानेपा
पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने माग गर्दै रामचन्द्र पौडेल समूह सानेपा पुगेको छ। काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन् ।
सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको बताइएको छ । तर अन्य स्थानमा निष्पक्षताका सन्दर्भमा कडाइ गर्न आफूहरु प्रतिबद्ध रहेको समितिले पौडेल समूहलाई प्रतिबद्धता जनाएको छ ।
त्यसपछि पौडेल समूह चुनाव धाँधलीरहित बनाउन आग्रह गर्दै बाहिरिएको छ । भेटपछि महामन्त्री कोइरालाले डडेल्धुरामा पुनः चुनाव गर्न सम्भव नभएको निर्वाचन समितिले बताएको र त्यसलाई आफूहरुले मान्ने बताए । उनले फेरि चुनावभन्दा पनि अन्य जिल्लामा हुने चुनावका लागि निष्पक्षता कायम गर्न समितिलाई आग्रह गरिएको र समितिले यसमा प्रतिबद्धता जनाएको बताए ।
पौडेल समूहले क्रियाशीलता विवादसम्बन्धी समस्या समाधान नगरी डडेलधुरामा वडा तहको अधिवेशन गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण