शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राज कुन्द्राविरुद्ध आरोप पत्र दर्ता, शर्लिन चोपडाको बयानले बढ्नेछ मुश्किल

बिहीबार, ३१ भदौ २०७८, १७ : १८
बिहीबार, ३१ भदौ २०७८

पोर्नोग्राफी केसमा नायिका शिल्पा शेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा हाल जेलमा छन् । राज कुन्द्रामाथि अश्लील फिल्म बनाएको र त्यसलाई ओटिटी प्लेटफर्ममा सार्वजनिक गरेको आरोप छ । अब मुम्बई क्राइम ब्रान्चले पोर्नोग्राफी केसमा शर्लिनको बयान दर्ता गरेको छ । शर्लिनले आफ्नो बयानमा बताएको कुरा एक भारतीय सञ्चार माध्यमले प्राप्त गरेको जानकारीमा उल्लेख छ । शर्लिनले बताए अनुसार राज कुन्द्रा र उनको कम्पनीका क्रिएटिभ डायरेक्टरले उनलाई हटशट एपमा काम गराउनका लागि लगातार पिछा गरिरहेका थिए ।

आफ्नो बयानमा शर्लिनले के भनिन् ?

मुम्बई क्राइम ब्रान्चका अधिकारीलाई दिएको आफ्नो बयानमा शर्लिन चोपडाले भनिन्, ‘मैले ‘द शर्लिन चोपडा एप्स’ नामबाट एप्लिकेसन बनाउनका लागि फर्म आर्म्सप्राइम मिडिया प्राइभेट लिमिटेडसँग एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यतिबेला सौरभ कुशवाहा र राज कुन्द्रा आर्म्सप्राइम मिडिया प्राइभेट लिमिटेडमा निर्देशक थिए । एप्लिकेशन ‘द शर्लिन चोपडा एप’ मार्फत् शर्लिन चोपडाको बोल्ड भिडियो र फोटो सार्वजनिक गर्ने गरिन्थ्यो ।’

स्मरण रहोस्, शर्लिन चोपडाले आर्म्सप्राइम मिडियासँग आफ्नो सम्झौता अनुुसार आम्दानीको ५० प्रतिशत पाउनु पर्ने थियो तर शर्लिनले उनलाई कहिल्यै पनि ५० प्रतिशत नदिएको दाबी गरिन् । उनका अनुसार राज कुन्द्राले त्यसपछि शर्लिनलाई सम्पर्क गरेर हटशट नामका लागि अभिनय गर्न आग्रह गरे जुन आर्म्सप्राइम मिडियाकै हिस्सा थियो ।

शर्लिनले आफ्नो बयानमा भनिन्, ‘राजले मलाई हटशट एप्लिकेशनमा कन्टेन्ट बढी बोल्ड र हट हुने र यसका लागि उनले केयरफ्री भएर काम गर्न आवश्यक भएको बताए । क्रिएटिभिटी र पैसासँग सम्बन्धित समस्या नसुल्झिएका कारण मैले हटशटका लागि काम गरिनँ । ’

चोपडाले भनिन्, ‘हटशट एप्लिकेशन राज कुन्द्रासँग सम्बन्धित छ । राज र उनको कम्पनीकी क्रियटिभ डायरेक्टर मिता झुनझुनवालाले मलाई बारम्बार सम्पर्क गरिन् र एप्लिकेशनका लागि काम गर्नका लागि फलोअप गरिन् ।’

स्मरण रहोस्, पोर्नोग्राफी केसमा मुम्बई ब्रान्चका अधिकारीले बुधबार आरोपपत्र दर्ता गरे । चारजनाविरुद्ध यो चार्जशिट दाखिल गरिएको हो जसमा राज कुन्द्रा, रेयान थोरपे (वियान इन्टरप्राइजेजका आइटी हेड), यश ठाकुर ऊर्फ अरविन्द श्रीवास्तव र प्रदीप बख्सी समावेश छन् । चार्जशीट करिब १४६७ पानाको छ, जसमा ४३ साक्षीको बयान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप