शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेयर बजार राताम्मे, नेप्से एकैदिन ७६.६५ अंकले घट्यो

बिहीबार, ३१ भदौ २०७८, १७ : ०७
बिहीबार, ३१ भदौ २०७८

साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्से ७६ अंक बढीले घटेको छ । नेपाल स्टक एक्सचेन्स–नेप्सेका अनुसार यस दिन परिसूचक ७६.६५ अंकले घटेर २८ सय १२.३८ विन्दुमा झरेको हो ।
यस्तै, यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ । 

आज सबैजसो उप समूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे हुन पुगेको छ भने तीब्र गिरावटमा रहेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ । 
नेप्सेका अनुसार यस दिन कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार कित्ता माथिको सेयर एक लाख १३ हजार भन्दा बढी पटक बजारमा किन बेच हुँदा ९ अर्ब ३ करोड ३९ लाखको कारोबार भएको छ । 

यस दिन सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर धनीहरुले १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर धनीहरुले अधिकतम ८.१७ प्रतिशतले गुमाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप