सेयर बजार राताम्मे, नेप्से एकैदिन ७६.६५ अंकले घट्यो
साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्से ७६ अंक बढीले घटेको छ । नेपाल स्टक एक्सचेन्स–नेप्सेका अनुसार यस दिन परिसूचक ७६.६५ अंकले घटेर २८ सय १२.३८ विन्दुमा झरेको हो ।
यस्तै, यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत १२.७३ अंकले घटेर ५२५.७८ विन्दुमा झर्न पुगेको नेप्सेले जनाएको छ ।
आज सबैजसो उप समूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे हुन पुगेको छ भने तीब्र गिरावटमा रहेको बजारमा ९ अर्ब माथिको कारोबार भएको छ ।
नेप्सेका अनुसार यस दिन कुल २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार कित्ता माथिको सेयर एक लाख १३ हजार भन्दा बढी पटक बजारमा किन बेच हुँदा ९ अर्ब ३ करोड ३९ लाखको कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर धनीहरुले १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका सेयर धनीहरुले अधिकतम ८.१७ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण