शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइएमईको दशैं योजना: आठ गुणासम्मको बम्पर उपहार, साथमा बोनस पनि

बिहीबार, ३१ भदौ २०७८, १६ : ५३
बिहीबार, ३१ भदौ २०७८

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि कार्तिक २६ सम्म कायम हुनेगरी ५७ दिनसम्म लागु हुने आइएमईले जनाएको छ ।

जसमा विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जनाएको छ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा २०० थप बोनसको व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । 

अफर सार्वजनिक कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले समय समयमा ल्याइने यस्ता योजनाहरू कम्पनी र सेवाग्राही बीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास व्यक्त गरे । आइएमईका महाप्रबन्धक द्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले यस्ता योजनाहरुले आम सेवाग्राहीको पहुँचसम्म पुर्याउन व्यावसायिक साझेदारहरुको महत्वपूर्ण भूमिका खेल्ने जनाए ।
 
आइएमईका ब्राण्ड एम्बेसडर द्वय दीपकराज गिरी र दीपा श्री निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै गत वर्ष कोरोना महामारीका समयमा आइएमईले संचालन गरेको भरोसा कोषको स्मरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप