गोदरेजको सामान खरिदमा ३१% सम्मको क्यास ब्याक, साथमा ५५ इन्चको टीभी उपहार

काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम खर्च धेरै बचत’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत गोदरेज ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा बम्पर उपहार जित्ने अवसर भएको कम्पनीले जनाएको छ । सामानमा ३१% सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने साथसाथै बम्पर उपहार अन्तर्गत ३ जना भाग्यशाली ग्राहकहरुले ५५ इन्चको टीसीएल कर्भ स्मार्ट एलइडी टी.भी.समेत जित्न सकिने कम्पनीले जनाएको छ ।
उक्त योजना अन्तर्गत गोदरेजका विभिन्न सामानहरु जसमा रेफ्रिजेरेटर खरिदमा २८ हजार ९०० रुपैयाँसम्मको, वाशिङ मेसिनको खरिदमा १५ हजार ३०० रुपैयाँसम्मको, माइक्रोवेभ ओभन खरिदमा ७ हजार ५०० रुपैयाँसम्मको, एअर कुलरको खरिदमा ५ हजार २०० रुपैयाँसम्मको क्यास ब्याक र एसीमा ४ हजार रुपैयाँ बराबरको निःशुल्क एसी जडान प्राप्त हुने कम्पनीले जनाएको छ । साथसाथै गोदरेजले आफ्नो विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरुका साथै निःशुल्क होम डेलिभरी पनि गरिने कम्पनीले जनाएको छ ।
गोदरेजका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन जीओडीएफओ टाइप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ मा एस.एम.एस गर्नुपर्ने पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गरिँदैछ सलमानलाई बहिस्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)
-
चिजा भण्डारीका दुई मुक्तक
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्छौँ : प्रधानमन्त्री
-
प्रधानमन्त्रीलाई सुवालको प्रश्न : ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारमा जाने भर्याङ मात्र हो ?