शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवम् सिमेन्टले गर्नेछ काठमाडौं किङ्गस् इलाभेनको मुख्य प्रायोजन

बिहीबार, ३१ भदौ २०७८, १६ : २९
बिहीबार, ३१ भदौ २०७८

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किङ्गस इलाभेन टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट लिमिटेडले गर्ने भएको छ । यहि आउँदो असोज ९ गतेदेखि असोज २३ गतेसम्म किर्तिपुर स्थित टियु मैदानमा हुन गइरहेको एभरेष्ट प्रिमियर लिगमा शिवम् सिमेन्ट स्ट्रेन्थ पार्टनरको रुपमा काठमाडौँ किङ्गस इलाभेनमा आबद्ध हुने भएको छ ।

शिवम् सिमेन्ट र काठमाडौं किङ्स ११ बीच उक्त सम्झौता भएको छ । शिवम् सिमेन्ट काठमाडौं किङ्गस इलाभेन टिमको मुख्य प्रायोजन तथा लिगको अवधिभर टेलिभिजन ब्रोडकास्टको लागि स्ट्रेन्थ पार्टनरको रूपमा समेत आवद्ध हुनेछ । टियू खेल मैदानमा १५ दिनसम्म सञ्चालन हुने एभरेष्ट प्रिमियम लिगमा ६ टिमहरु सहभागि हुनेछन् ।

चर्चित नेपाली बलर संदिप लामिछानेको कप्तानीमा उत्रिन लागेको काठमाडौं किङ्गस् इलाभेन टिममा अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त अल राउन्डर क्रिकेटर साहिद अफ्रिदी र जनक प्रकाश आवद्ध छन् भने गुल्शन झा, सुवास खकुरेल र सिद्धान्त लोहनी सहित राष्ट्रिय स्तरका स्टार खेलाडीहरू रहेका छन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप