रोक्न खोज्दा खोज्दै उर्लिएको भेरीमा महिला हाम फालेपछि...
बिहीबार, ३१ भदौ २०७८, १६ : २५
बिहीबार बिहानदेखि कर्णालीमा वर्षा भईरहेको छ। जसले गर्दा पानीको बहाव बढ्दा भेरी नदी उर्लिएको छ ।
दिउँसो झण्डै साढे २ बजेतिरको समय । वीरेन्द्रनगरसँग जोडिएको भेरीको किनारमा आफ्ना कपडा, मोबाइल र चेक लगायतका सामान छोडेर एक महिला उर्लिएको भेरीमा हाम फाल्न पुगिन् ।
नदीको एक किनारमा शव जलाउने ठाउँ छ । त्यहाँ काम विशेषले पुगेकी कर्णाली प्रदेश सभा सदस्य पद्मा खड्काले टाढैबाट उनलाई रोक्न खोज्दा खोज्दै ती अपरिचित महिला नदीमा हाम फालेको बताइन् ।
उनले भनिन,‘नदी किनारामा उनका केही कागज र कपडा छन् । प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन। प्रहरीलाई खबर गरेका छौँ ।’
प्रहरीका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनक शाहीले महिला नदीमा बेपत्ता भएको र उनी को हुन् भन्नेबारे सोधखोज भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल