बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

बिहीबार, ३१ भदौ २०७८, १४ : ४३
बिहीबार, ३१ भदौ २०७८

लुम्बिनी बौद्ध विश्वविद्यालयमा अनलाइन कक्षाको पुरै शुल्क उठाएको भन्दै आज विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

विश्वविद्यालयले कोरोना माहामारीको समयमा सञ्चालन गरेको अनलाइन कक्षाको समेत पूरै शुल्क उठाएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले  क्याम्पसको लेखा शाखा र परिक्षा शाखामा तालाबन्दी गरेको हो ।

क्याम्पस प्रशासनले कोभिड १९ को चपेटामा परेका विद्यार्थीहरुलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग  नगरेको अवस्थामा अनलाइन कक्षाको पुरै शुल्क लिएकाले  अनेरास्ववियूका अध्यक्ष राजेश आचार्यले बताए ।

विद्यार्थीहरूबाट शैक्षिक शुल्क वापत लिएको रकम अविलम्ब फिर्ता गर्न अनेरास्ववियु लुम्बिनी बौद्ध विश्वविद्यालय कमिटी  माग गरेको थियो । अध्यक्ष  राजेश आचार्यले माग पुरा नहुँदासम्म तालाबन्दी जारी राख्ने समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप