माग पूरा नभएसम्म एमालेले संसद चल्न दिँदैन : टोपबहादुर रायमाझी
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय त्यसै खेर फालेको टिप्पणी गरेका छन् । उनले एमालेको माग पूरा नभएसम्म संसद चल्न नसक्ने पनि स्पष्ट पारे ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म संसद् अवरुद्ध हुन्छ ।’ उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मर्यादा कायम गर्न नसकेको पनि टिप्पणी गरे ।
उनले भने,‘उहाँलाई त नैतिकताको आधारमा एक सेकेण्ड पनि पदमा बस्ने अधिकार छैन् । हामी त्यस्तो भएर बस्दैनौँ ? सभामुख, सांसद, मन्त्री, प्रधानमन्त्री भएरमात्रै सबै चिज हुन्छ ? विचार र राजनीति नै ठूलो कुरा हो । सांसद र मन्त्री हुने र नहुने त भैरहन्छ नि । हाम्रो हकमा एक दिनपनि नपर्खिकन कारबाहीको सूचना टाँस्ने काम गर्नुभयो, तर एमालेले १४ जना सांसदलाई कारबाही गर्दा अन्टसन्ट गर्ने ?’
उनले एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछिमात्रै आफूहरुको धारणा आउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा