शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारत : ६ वर्षीयाको बलात्कार र हत्याका आरोपी रेलको लिकमा मृत भेटिए

बिहीबार, ३१ भदौ २०७८, १४ : २०
बिहीबार, ३१ भदौ २०७८

भारतको हैदराबादको सौदाबाद इलाकामा ५ वर्षकी बालिकामाथि दुष्कर्म र हत्याका अभियुक्त पल्लनकोन्डा राजूको शव बिहिबार रेलको लिकमा भेटिएको छ । तेलंगाना प्रहरीले बीबीसी हिन्दीसँग राजूको शव भेटिएको पुष्टि गरेको छ ।

फरार आरोपी राजूको शव वारंगलको घनपुर नजिकै रेलको लिकमा भेटिएको हो ।

प्रहरीका अनुसार राजूको शव बिहिबार बिहान रेलको लिकमा भेटिएको थियो । मृतकको शरीरमा भएका निशान र ट्याटुले उनको सनाखत गरिएको हो ।

प्रहरीले दिएको जानकारी अनुसार उनका परिवारका सदस्यलाई घटनाबारे सूचना दिइएको छ । तेलंगानाका मन्त्री केटी रामारावले पनि ट्वीटरमा यो घटनाबारे जानकारी दिएका छन् ।

केटीआरले ट्वीट गरे, ‘तेलंगानाका डीजीपीले हालै सूचित गरे अनुसार बालिकामाथि बलात्कार गर्ने जनावरबारे पत्ता लगाइएको छ र ऊ घनपुर नजिकैको रेलको लिकमा मृत भेटिएका छन् ।’

पोस्टमार्टमपछि शव परिवारलाई सम्पिइनेछ ।

प्रहरीले ९ सेप्टेम्बरदेखि पल्लकोन्डा राजूलाई पक्राउ गर्नका लागि एक अभियान सुरु गरेका थिए ।

उनले आफ्नो घर नजिकै खेलिरहेकी ६ वर्षकी बालिकालाई चकलेटको लोभ देखाएर उनीमाथि बलात्कार गरेको आरोप छ । बालिकाको शव एउटा घरभित्र भेटिएको थियो ।

तेलंगाना प्रहरीले उनीबारे जानकारी दिनेलाई १० लाख भारु इनाम दिने घोषणा गरेको थियो ।

आरोपीको शव भेटिएपछि हैदराबाद प्रहरी र सरकारमाथि विपक्षीले प्रश्न उठाइरहेका छन् किनभने दुई दिन अघि मात्रै राज्यका श्रममन्त्री मल्ला रेड्डीले आरोपीलाई इन्काउन्टरमा मारिने बताएका थिए ।

मल्ला रेड्डी मंगलबार मेडचल–मलकाजगिरि जिल्लामा एक कार्यक्रममा सहभागी हुन पुगेका थिए । त्यहाँ उनले भनेका थिए, ‘बलात्कार गर्ने ३० वर्षका आरोपी कुनै पनि हालतमा पक्राउ पर्नेछन् र उनलाई इन्काउन्टमा मारिनेछ । उनलाई छोड्ने कुनै प्रश्न नै उठ्दैन । बालिकालाई न्याय दिलाउनका लागि यो मामिलाको ट्रायल तीब्र रुपमा हुनेछ । हामीले पीडितका परिवारलाई भेट्नेछौं । उनीहरुको मद्दत गर्नेछौं र क्षतीपूर्ति पनि दिनेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप