तनहुँमा निषेधाज्ञा बढाइयो
जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । कोभिड–१९ को जोखिम अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको केन्द्रका संयोजक एवं निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए । निषेधाज्ञा कडाइका साथ पालना गर्न गराउन सबैमा आग्रह गरिएको छ ।
भौतिक रूपमा उपस्थित भई गरिने सभा, सम्मेलन, प्रदर्शन, मेला, जात्रा र महोत्सवमा रोक लगाइएको छ । “साधारणसभा, सम्मेलन र अधिवेशन सरकारले कायम गरेको स्वास्थ्य मापदण्ड पालना गरी गर्न सकिने छ”, स्थानीय प्रशासनको आदेशमा उल्लेख छ ।
विद्यालय र क्याम्पसमा पठनपाठनका लागि विद्यालय सिकाइ सहजीकरण निर्देशिका र कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण कार्यविधि, २०७८ अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहको निर्णयअनुसार गराउन सकिने आदेशमा भनिएको छ । पार्टी प्यालेस सञ्चालन गर्न स्वास्थ्य मापदण्डको पालना गरी कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी साँझ ६ बजेसम्म अनुमति दिइएको छ ।
दमौलीमा ४५ करोडमा मल निर्माण
तनहुँको दमौलीमा रु ४५ करोडको लगानीमा सुविधासम्पन्न मल निर्माण गरिएको छ । ‘एपेक्स मल्टिमिडिया प्रालि’ले व्यास नगरपालिका–२ मा उक्त मल निर्माण गरेको हो । विभिन्न सेवा सुविधासहित एउटै छाना मुनि किनमेल, मनोरञ्जन, खानपिनको सुविधा र डिजिटल प्रविधियुक्त चलचित्र घर सञ्चालनका लागि मल निर्माण गरिएको प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिए ।
कोरोना सङ्क्रमणका कारण मल निर्माणमा ढिलाइ भएको हो । “विजयादशमी अघि नै मल सञ्चालनमा आउँछ”, श्रेष्ठले भने । मलमा २३८ र १२० जना अटाउने छुट्टाछुट्टै चलचित्र घर निर्माण गरिएको छ । “साताभरि नै मल सञ्चालन गरिने छ”, प्रालिका व्यापार प्रमुख सुशील न्यौपानेले भने । कूल ४५ पसल क्षमताको मलमा हाल बुकिङ खुला गरिएको छ । त्यसमध्ये १५ प्रतिशत बुकिङ भइसकेको छ । उपभोक्ताको मागलाई ध्यानमा राख्दै मल निर्माण गरिएको न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका सरकार प्रमुखको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा छलफल
-
हिमाल जोगाउन विश्वलाई आह्वान गरिरहेका ती ‘दृश्य भाषा’
-
बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर स्थापना
-
सुँगुर पाल्न् महिलाले लाखौंको जागिर छाडेपछि...
-
ट्रेलरमा यस्तो देखियो अनमोलको ‘फर्की फर्की’
-
सुप्रिम सहकारी घोटाला प्रकरण : थुनछेक बहस सुरु हुँदै