बेलायतमा एकै दिनमा तीस हजारभन्दा बढी कोरोना सङ्क्रमित
बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर बृद्धि भएको बताइएको छ । बुधबार सार्वजनिक गरिएको तथ्यांकअनुसार यहाँ एकैदिनमा ३० हजार भन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सङ्क्रमित हुनेको संख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ ।
यससँगै बेलायतमा कुल सङ्क्रमितको संख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ । यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि सङ्क्रमित संख्या दैनिक उकालो लाग्दै गएको हो । यसैगरी पछिल्लो २४ घन्टामा थप २०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा यहाँ दैनिक मृत्यु हुनेको संख्यामा पनि बृद्धि भएको पाइएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई