मिस्टर इन्डियाद्वारा आत्महत्या प्रयास, अभिनेता साहिल खानमाथि लगाए विभिन्न आरोप
मिस्टर इन्डिया तथा बडी बिल्डर मनोज पाटिलले आत्महत्याको कोसिस गरेका छन् । मनोज पाटिल हाल कूपर अस्पतालमा भर्ना छन्, उनको उपचार भइरहेको छ । मनोज पाटिलले एक सुसाइड नोट लेखेको भारतीय सञ्चार माध्यमले बताएको छ । यसमा उनले अभिनेता साहिल खानमाथि विभिन्न आरोप लगाएका छन् ।
साहिल खानमाथि यस्ता आरोपः
८ सेप्टेम्बरमा मनोज पाटिलले साहिल खानविरुद्ध ओशिवारा प्रहरी स्टेशनमा एक लिखित ऊजुरी दर्ता गरेका छन् जसमा साहिल खानले आफूलाई तनाव दिइरहेको उनले लेखेका थिए । तर प्रहरीले कुनै कारवाही अघि नबढाएपछि उनले बुधबार राती निद्राको औषधी खाएर आत्महत्या गर्ने कोसिस गरेको जानकारीमा उल्लेख छ ।
को हुन् मनोज पाटिल ?
हिन्दुस्तान टाइम्सको खबर अनुसार मनोज पाटिलको जन्म सन् १९९२ मा भएको हो । मनोज पाटिल जब २४ वर्षका थिए तब उनले मिस्टर इन्डियाज मेन्स फिजिक ओभरअल च्याम्पियनशीपको उपाधि जितेका थिए । इन्स्टाग्राममा मनोजका ४ लाख फलोअर्स छन् । उनले आफूलाई खेलाडी, ड्रिमर, चेजरको रुपमा इन्स्टाग्राम बायोमा वर्णन गरेका छन् । उनले सन् २०१९ मा इन्टरनेशनल फेडरेशन अफ बडिबिल्डिङको उपाधि जितेका थिए । त्यसपछि उनी चर्चामा आएका थिए । मनोज एक चर्चित मोडल, बडी बिल्डर, एथलिट र ट्रेनर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण