मिस्टर इन्डियाद्वारा आत्महत्या प्रयास, अभिनेता साहिल खानमाथि लगाए विभिन्न आरोप
मिस्टर इन्डिया तथा बडी बिल्डर मनोज पाटिलले आत्महत्याको कोसिस गरेका छन् । मनोज पाटिल हाल कूपर अस्पतालमा भर्ना छन्, उनको उपचार भइरहेको छ । मनोज पाटिलले एक सुसाइड नोट लेखेको भारतीय सञ्चार माध्यमले बताएको छ । यसमा उनले अभिनेता साहिल खानमाथि विभिन्न आरोप लगाएका छन् ।
साहिल खानमाथि यस्ता आरोपः
८ सेप्टेम्बरमा मनोज पाटिलले साहिल खानविरुद्ध ओशिवारा प्रहरी स्टेशनमा एक लिखित ऊजुरी दर्ता गरेका छन् जसमा साहिल खानले आफूलाई तनाव दिइरहेको उनले लेखेका थिए । तर प्रहरीले कुनै कारवाही अघि नबढाएपछि उनले बुधबार राती निद्राको औषधी खाएर आत्महत्या गर्ने कोसिस गरेको जानकारीमा उल्लेख छ ।
को हुन् मनोज पाटिल ?
हिन्दुस्तान टाइम्सको खबर अनुसार मनोज पाटिलको जन्म सन् १९९२ मा भएको हो । मनोज पाटिल जब २४ वर्षका थिए तब उनले मिस्टर इन्डियाज मेन्स फिजिक ओभरअल च्याम्पियनशीपको उपाधि जितेका थिए । इन्स्टाग्राममा मनोजका ४ लाख फलोअर्स छन् । उनले आफूलाई खेलाडी, ड्रिमर, चेजरको रुपमा इन्स्टाग्राम बायोमा वर्णन गरेका छन् । उनले सन् २०१९ मा इन्टरनेशनल फेडरेशन अफ बडिबिल्डिङको उपाधि जितेका थिए । त्यसपछि उनी चर्चामा आएका थिए । मनोज एक चर्चित मोडल, बडी बिल्डर, एथलिट र ट्रेनर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा