बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा विदेशी लगानी ल्याउन बेलायतले सहयोग गर्ने

बिहीबार, ३१ भदौ २०७८, १२ : ३१
बिहीबार, ३१ भदौ २०७८

काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि बेलायती दूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित बेलायती दूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।

नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा नेपालस्थित बेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने बताइन् । उनले त्यसका लागि नेपाल भित्र्याउन आफूले पहल गर्ने समेत बताइन्  ।

भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीप युक्त जनशक्तिको अभाव रहेको बताउँदै सीप युक्त जनशक्ति विकास आजको आवश्यकता रहेको बताए । उनले सीप विकासमा बेलायती सहयोग कार्यक्रमहरू र परिसंघले सहकार्य गर्न सक्ने उल्लेख गरे ।

नेपालको कूल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले ‘मेक इन नेपाल – स्वदेशी अभियान’ सुरुवात गरेको अध्यक्ष अग्रवालले जानकारी गराए । उनले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्य लक्ष्य राखेर अभियान अघि बढाइएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप