शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चामा रोहितको शानदार क्याच, आईसीसीले समेत गर्‍यो तारिफ

बिहीबार, ३१ भदौ २०७८, १२ : ०३
बिहीबार, ३१ भदौ २०७८

आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ को त्रिकोणात्मक शृङ्खलामा नेपाल, ओमान र अमेरिका भिडिरहेका छन् । लिगको दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भयो । खेलमा हार बेहोरे पनि रोहित पौडेलले लिएको क्याच यतिबेला चर्चाको विषय बनेको छ । आईसीसीले समेत उक्त क्याचको तारिफ गरेको छ ।

ओमानविरुद्धको खेलमा रोहितले बाउन्ड्री लाइनमा उफ्रिँदै शानदार क्याच लिएका थिए । खेलको २६ औँ ओभरको तेस्रो बलमा जतिन्दर सिंहले लङ अनतर्फ बललाई प्रहार गरेका थिए । सिंहको प्रहार सिधै छक्का हुने सबैले आशा गरेका थिए । तर, रोहितले अद्भुत क्याच लिँदै सबैलाई छक्क बनाए ।

रोहित कुद्दै बाउन्ड्री नजिक पुगेर हावामा उफ्रेर बल पक्रे र त्यसपछि एक हातले बललाई बाउन्ड्रीभित्र फालेर फेरि क्याच लिए । उनले १०७ रन बनाएका सिंहलाई आउट गर्न सफल रहे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप