शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सवारी दुर्घटनामा परेका घाइतेको विमानमार्फत उद्धार

बिहीबार, ३१ भदौ २०७८, ११ : ५०
बिहीबार, ३१ भदौ २०७८

दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । 

घाइते जोशीको अवस्था गम्भीर रहेकाले समिट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।  

राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से १ ज ६३४ नम्बरको जिप र भे ७ प ४३४५ मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका थिए । मोटरसाइकल चालक उद्धवसहित उनीसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप