बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस लिटिल नेवाः’ मा २५ किशोरी भिड्ने

बिहीबार, ३१ भदौ २०७८, ११ : ४९
बिहीबार, ३१ भदौ २०७८

‘मिस लिटिल नेवाः’मा २५ किशोरी भिड्ने भएका छन् । भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् ।
नेवार समुदायका किशोरीहरुलाई आफ्नो धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले नेप्लीज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आएको हो ।

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको प्रतियोगिताको १३औं संस्करण आगामी कात्तिक ६ गते आयोजना हुन लागेको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । प्रतियोगितामा ‘लिटिल मिस नेवाः’ की ‘फस्ट रनरअप’ प्रियंका तण्डुकार, ‘बेस्ट पर्सनालिटी’ पल्पसा श्रेष्ठ र ‘चार्मिङ पर्सनालिटी’ प्रजिता श्रेष्ठको कोरियोग्राफी हुनेछ । त्यस्तै ‘मिस नेवाः’ सुनिता डंगोल र नीतु डंगोलले नेवारी भाषाको प्रशिक्षण दिनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप