शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

धेरैपछि देखिए तालिबानका सह–संस्थापक मुल्ला बरादर : भिडियो जारी गर्दै गरे अफवाहको खण्डन

बिहीबार, ३१ भदौ २०७८, १० : ४५
बिहीबार, ३१ भदौ २०७८

अफगानिस्तानमा तालिबान सरकारका उप–प्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरले एक भिडियो जारी गरे आफू घाइते भएको खबर खण्डन गरेका छन् ।

बरादरले भिडियो जारी गरेर ती खबरलाई गलत बताएका छन् जसमा तालिबानका एक प्रतिद्वन्द्वी गुटसँग भएको हिंसामा उनी घाइते भएको जानकारी दिइएको थियो ।

तालिबानका सह–संस्थापक बरादर पछिल्ला थुप्रै दिनदेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । तत्पश्चात् विभिन्न प्रकारका अनुमान लगाइँदै थिए ।

तालिबान नेताबीच विवादको खबर पनि सार्वजनिक भइरहेका छन् ।

खबरमा बरादर र हक्कानी नेटवर्कप्रति बफादार एक प्रतिद्वन्द्वी गुटबीच विवाद भएको बताइएको छ । तर भिडियो जारी गरेर बरादरले कुनै पनि प्रकारको आन्तरिक कलहको खबर खण्डन गरेका छन् ।

बरादरलाई ‘तपाईंलाई चोट लागेको छ ?’ भनेर प्रश्न सोधियो । यसबारे उनले जवाफ दिए, ‘छैन, यो साँचो होइन । म ठिक छु र स्वस्थ छु ।’

‘म काबुल बाहिर थिएँ र यो फर्जी खबरबारे खण्डन गर्नका लागि मसँग इन्टरनेट सुविधा थिएन ।’

दोहास्थित तालिबानको राजनीतिक कार्यालयले ट्वीटरमा एउटा सानो क्लिप जारी गरेको छ जसमा बरादर एक सरकारी टेलिभिजन प्रस्तोता नजिकै एउटा सोफामा बसेका छन् । उनी सोफामा बसेर केही पढिरहेको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप