उत्तर कोरियाले परीक्षण गरेको केही घण्टाभित्रै दक्षिण कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण, किमकी बहिनीको चेतावनी

उत्तर कोरिया र दक्षिण कोरियाले केही घण्टाको अन्तरालमा नै ब्यालेस्टिक मिसाइलको परीक्षण गरेका छन् ।
ब्यालेस्टिक मिसाइलको यो परीक्षणका साथै प्रायद्वीपमा हतियारको विषयमा चलेको होडबाजीले तीब्रता पाएको छ ।
उत्तर कोरियाले आफ्नो पूर्वी तटमा दुई ब्यालेस्टिक मिसाइल दाग्यो । पछिल्लो ६ महिनामा मिसाइल परीक्षणको यो पहिलो मामिला हो र साथै यो संयुक्त राष्ट्रको प्रस्तावको उल्लंघन पनि हो ।
यसअघि दक्षिण कोरिया र चीनले उत्तर कोरियाको परमाणु विषयमाथि चर्चा पनि गरेका थिए । यो मिसाइल परीक्षणलाई यो वार्तासँग जोडेर पनि हेरिएको छ ।
उत्तर कोरियाको परीक्षणको केही घण्टा पछि नै दक्षिण कोरियाले पनि आफ्नो पहिलो पनडुब्बी–प्रक्षेपित ब्यालेस्टिक मिसाइलको परीक्षण गर्यो ।
यद्यपि, दक्षिण कोरियाको तर्फबाट एसएलबीएमको नामबाट परिचित यो मिसाइलको परीक्षण पहिला नै हुने निश्चित थियो । यो उत्तर कोरियाको परीक्षणको प्रतिक्रिया होइन ।
यो परीक्षणका साथै दक्षिण कोरियामा यस्तो प्रकारका प्रविधिमा सक्षम दुनियाँको सातौं देश बनेको छ ।
परीक्षणका बेला राष्ट्रपति मून जे–इन पनि उपस्थित थिए । यसबारे प्रतिक्रिया दिँदै उनले भने, ‘दक्षिण कोरियासँग अब उत्तर कोरियाको उक्साहटको जवाफ दिनका लागि पर्याप्त स्रोत साधन छन् ।’
उनले थपे, ‘दक्षिण कोरिया कुनै पनि समय उत्तर कोरियाको उक्साहटको जवाफ दिन सक्षम छ । हामी हाम्रो हतियार कार्यक्रमलाई जारी राख्नेछौं ।’
सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार दक्षिण कोरियाको बयानमाथि उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोंगले आलोचना गरेकी छिन् ।
उनले दक्षिण कोरियाको टिप्पणीलाई अतार्किक बताएका छन् । उनले यसका कारण सम्झौता टुट्न सक्ने चेतावनी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत
-
न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्नुपर्छ : प्रदेश प्रमुख भट्ट
-
भारत-पाकिस्तान तनाव : दुवै पक्षको आ-आफ्नो दाबी
-
पहिलो उपाधिको खोजीमा चेल्सी र रियल बेटिस
-
फिल्म ‘महाराजाधिराज’ मा वर्षाको इन्ट्री
-
काश्मीरी जनताको न्यायपूर्ण मागलाई समर्थन गर्छौँ : चित्रबहादुर केसी