शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के घ्यू कुमारीले स्तनको आकार बढाउन मद्दत गर्छ ?

बिहीबार, ३१ भदौ २०७८, ०८ : ०९
बिहीबार, ३१ भदौ २०७८

हरेक महिला आफ्नो फिगर परफेक्ट होस् भन्ने चाहन्छन् । यसका लागि महिला विभिन्न प्रकारका उपायको पनि सहारा लिन्छन् । सुगठित शरीरले मानिसको व्यक्तित्वमा निखार ल्याउँछ । साथै आत्मविश्वास पनि बढाउँछ । महिलाले आफ्नो फिगर उत्कृष्ट राख्नका लागि स्तनको आकारमा पनि विशेष ध्यान दिनुपर्छ ।

केही महिलाको स्तनको आकार प्राकृतिक रुपमा नै सही हुन्छ तर कसैको भने स्तनको आकार कि त सानो हुन्छ कि ठूलो । स्तन ठूलो वा सानो, दुबै स्थितिमा महिलाको फिगर खराब देखिन्छ । स्तनको आकारलाई कम गर्नका लागि तपाईं व्यायामको सहारा लिन सक्नुहुन्छ तर यदि तपाईंलाई स्तनको आकार बढाउनु छ भने यसका लागि तपाईंले व्यायामका साथै खाना र घरेलु तरिकामा पनि ध्यान दिनुपर्छ ।

यदि तपाईं आफ्नो स्तनको आकार बढाउन चाहनुहुन्छ भने घ्यू कुमारी जेल प्रयोग गर्नुहोस् । यहाँ हामी तपाईंलाई घ्यू कुमारीको जेललाई प्रयोग गरेर स्तनको आकार बढाउने तरिकाबारे जानकारी दिँदै छौं ।

घ्यू कुमारी र बेसारको पेस्टः

घ्यू कुमारी र बेसारको पेस्ट स्तनको आकारलाई बढाउन सहयोगी हुन्छ । यसका लागि करिब १ चम्चा घ्यूकुमारीको जेल लिनुहोस् । अब यसमा एक चिम्टी बेसारको पाउडर मिसाउनुहोस् । त्यसपछि यसमा भिटामिन इ ओयल राखेर यसलाई राम्रोसँग मिसाउनुहोस् । अब उक्त पेस्टलाई आफ्नो स्तनमा करिब १५ मिनेटका लागि लगाउनुहोस् । त्यसपछि आफ्नो स्तनलाई मनतातो पानीले सफा गर्नुहोस् । पछि तपाईंले चिसो पानी पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यसका साथै, राती सुत्नुअघि २ चम्चा घ्यू कुमारीको जेलमा करिब २ चम्चा भिटामिन इ ओयल मिसाएर स्तनमा लगाउनुहोस् । त्यसपछि करिब ३ देखि ४ मिनेटसम्म हल्का हातले आफ्नो स्तनलाई मालिस गर्नुहोस् । पछि यसलाई रुमालले सफा गरेर सुत्नुहोस् । यसो गर्दा तपाईंले उत्कृष्ट नतिजा पाउन सक्नुहुन्छ ।

घ्यू कुमारी, ग्रीन टी र ओलिभ ओइल

घ्यू कुमारीको जेल, ग्रीन टी र ओलिभ ओइलको मिश्रणले पनि स्तनको आकार बढाउन सक्छ । यसका लागि सबैभन्दा पहिला एउटा कचौरामा करिब १ चम्चा ग्रीन टी पाउडर लिनुहोस् । अब यसमा करिब ५–६ चम्चा घ्यू कुमारीको जेल र २ चम्चा जैतुनको तेल  हाल्नुहोस् र राम्रोसँग मिसाउनुहोस् । अब यो मिश्रणलाई आफ्नो स्तनमा लगाएर मसाज गर्नुहोस् । राती सुत्नुअघि तपाईं यो मिश्रणलाई आफ्नो स्तनमा लगाउन सक्नुहुन्छ ।

घ्यू कुमारीको जुसः

घ्यू कुमारीको जुस पिउँदा पाचन शक्ति बलियो हुन्छ । साथै, यसको छालाको रङमा पनि निखार आउँछ । तर नियमित रुपमा घ्यू कुमारीको जुस पिउँदा स्तनको आकार पनि बढ्छ । घ्यू कुमारीमा एमिनो एसिड पाइन्छ जसले स्तनको आकार बढाउन प्रभावकारी हुन्छ । बजारमा पाइने घ्यू कुमारीको जुसभन्दा यसलाई तपाईं घरमा नै तयार पारेर पिउनुहोस् । घ्यू कुमारीको जुस तयार पार्नका लागि केही घ्यू कुमारी लिनुहोस् । अब यसलाई काटेर यसको जेल निकाल्नुहोस् । यो जेलमा पानी मिसाएर पिउनुहोस् । यसले तपाईंको स्तनको आकार बढाउन सक्छ ।

घ्यू कुमारी र अदुवाः

स्तनको आकार बढाउनका लागि घ्यू कुमारी र अदुवा एक उत्कृष्ट समिश्रण हो । यो मिश्रणले तपाईंको स्तनको आकार बढ्नेछ र तपाईंको लत्रक्क परेको स्तन पनि सही आकारमा आउन सक्छ । घ्यू कुमारी र अदुवालाई स्तनमा लगाउनका लागि सबैभन्दा पहिला एउटा कचौरामा ५ ठूलो चम्चा घ्यू कुमारीको जेल लिनुहोस् । अब यसमा २ चम्चा अदुवाको पाउडर वा पिसेको अदुवा मिसाउनुहोस् । अब यो पेस्टलाई आफ्नो स्तनमा लगाएर मसाज गर्नुहोस् । यो टिप्सलाई नियमित रुपमा फलो गर्नुहोस् । तपाईंले केही दिनमा नै यसको नतिजा पाउन सक्नुहुन्छ । तर एकदिनमा एक पटक मात्रै अदुवा र घ्यू कुमारीको पेस्ट लगाउनुहोस् । योभन्दा बढी लगाउँदा छालामा डाबरको समस्या देखिनसक्छ ।

 स्तनको आकार बढाउन घ्यू कुमारी कसरी फाइदाजनक ?

हर्मोनलाई सन्तुलित गर्छः

घ्यू कुमारीमा फाइटोएस्ट्रोजन तत्व भरपूर मात्रामा पाइन्छ । यसले हाम्रो शरीरमा एस्ट्रोजन बढाउन मद्दत गर्छ । शरीरमा एस्ट्रोजन हर्मोन बढ्दा स्तनको आकार पनि बढ्छ ।

रक्तसञ्चार राम्रो हुन्छः

घ्यू कुमारीको प्रयोग वा सेवन गर्दा शरीरमा रक्त सञ्चार राम्रोसँग हुन्छ । यसमार्फत् हाम्रो शरीरमा भरपूर रुपमा पोषण र अक्सिजन पाउँछ । यस्तोमा जब तपाईं घ्यू कुमारीको प्रयोग स्तनमा गर्नुहुन्छ यसले स्तनमा रक्तसञ्चार उत्कृष्ट हुन्छ जसका कारण स्तनको आकार बढ्न सहयोग हुन्छ ।

पोषण तत्त्वले भरपूरः

घ्यू कुमारीको जेल विभिन्न भिटामिन र खनिज तत्वले भरपूर हुन्छ । यसमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी र भिटामिन ई भरपूर मात्रामा हुन्छ । साथै यसमा थुप्रै अन्य खनिज तत्व पाइन्छन् जसले स्तनको आकारलाई बढाउन सहयोग गर्छ ।

स्तनको आकार बढाउनका लागि तपाईं घ्यू कुमारीको जेललाई यसरी प्रयोग गर्न सक्नुहुन्छ तर यो तरिकाले मात्रै तपाईंको स्तनको आकार बढ्छ भन्ने छैन । यसका लागि तपाईंले उत्कृष्ट डाइट र व्यायामको पनि आवश्यकता पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप