बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रियल विजयी, एथ्लेटिको रोकियो

बिहीबार, ३१ भदौ २०७८, ०७ : १०
बिहीबार, ३१ भदौ २०७८

खेलको अन्त्यतिर रोड्रिगोले गोल गरेपछि च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा रियल म्याड्रिडले इटालियन च्याम्पियन इन्टर मिलानविरुद्ध जीत हासिल गर्न सफल भएको छ । बुधबार राति भएको खेलमा रियल १–० गोलले विजयी भएको हो ।

एडवार्डो कामाभिङ्गाको पासलाई भली गर्दै ब्राजिलियन खेलाडीले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । उता, खेलमा लामो समय नियन्त्रण बनाएको इन्टरले भने गोलका थुप्रै अवसरहरु गुमाएको थियो । 

उत्कृष्ट फर्ममा रहेका रियलका गोलकिपर थियाबट कोर्टवाले लाउटारो मार्टिनेज र एडिन जेकोको प्रहारलाई सुन्दर बचाऊ गरेका थिए । समूहको अर्को खेलमा पहिलोपटक प्रतियोगिता खेलिरहेको सेरिफ टिरासपोलले शाख्तार डोनेस्कलाई २–० ले स्तब्ध बनाएको छ ।

त्यस्तै, ग्रुप अफ डेथ मानिएको समूह बीमा रहेको स्पेनिस च्याम्पियन एफसी पोर्टोसँग गोल रहित बराबरीमा रोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप