राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा दाहाल
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल मकवानपुरको अध्यक्षमा धर्मेन्द्र दाहाल चयन भएका छन् । समूहको आज अपरान्ह सम्पन्न दोस्रो जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले समूहको उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्ज्वल अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै समूहको सदस्यहरूमा मीना श्रेष्ठ, विक्रमकुमार बानियाँ, दिलबहादुर लामा, अनिष चौलागाई, सुशन लामिछाने र राजन कटुवाल चयन भएका छन् ।
अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकारिता र आमसञ्चारका माध्ययमले नागरिकलाई सुसूचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको र पत्रकारिताको विकासका लागि संस्थागत रुपमा उपमहानगरपालिकाले हरेक तरहबाट सहयोग गर्ने बताए । समाजमा भएका विकृति विसंगतिविरुद्ध आवाज उठाउँदै सत्यतथ्य सूचना सम्प्रेषण गर्न पत्रकार जगतले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए । उनले आफु पनि पत्रकारहरूसँगै रहेको बताउँदै उपमहानगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने समेत बताए ।
सोही अवसरमा अधिवक्ता एवम् पत्रकार ऋषि केबीको स्वर्गीय पिता रामहरि केशीको स्मृतिमा ‘स्वर्गीय रामहरि केबी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७७’ स्थापना गरिएको छ । समूहले यस वर्ष फोटोग्राफीमार्फत पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हेटौंडा ६ निवासी रत्नलाल महर्जन र फोटोग्राफर दृष्टान्त विडारीलाई नगद २ हजार ५ सय नगदसहित सम्मान पत्र प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)