शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कास्कीमा हट्यो निषेधाज्ञा

बुधबार, ३० भदौ २०७८, २० : ४४
बुधबार, ३० भदौ २०७८

जिल्ला प्रशासन कार्यालय कास्कीले चार महिनापछि निषेधाज्ञा हटाएको छ । कोभिड– १९ संक्रमण तीव्र रुपमा बृद्धि भएपछि गत बैशाख २५ मा चेनब्रेक गर्न लागू गरिएको निषेध आदेशलाई प्रशासनले हटाएको हो ।  निषेधाज्ञा हटाएसँगै जिल्लामा विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत होटल रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझहरु खुल्ने भएका छन् ।

पछिल्ला दिनमा संक्रमण दर तथा मृत्यु दर घट्दै गइरहेकाले दैनिक क्रियाकलापहरू सञ्चालन गर्दा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्दै सञ्चालन गर्न अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । 

उनका अनुसार विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका सबै शैक्षिक संस्थाहरु स्थानीय तहसँगको समन्वयमा भौतिक उपस्थितिमा पठनपाठन कार्यक्रम सञ्चालन गर्न सकिनेछ । होटल तथा रेष्टुरेण्टहरू पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई बेलुकी ११ः३० सम्म सञ्चालन गर्न सकिने छ ।

यस्तै, नाचघर, क्लब,डान्सबार, दोहोरी जस्ता रात्रीकालिन व्यवसायहरु मापदण्ड पालना गरि राती १ः३० सम्म सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । संक्रमणको दर बढ्दै गएमा जुनसुकै समयमा थप आदेश जारी हुने समेत जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप