शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख शिक्षक हत्याकाण्ड : व्यक्तिगत रिसिबीका कारण यी युवतीले गरिन् घाँटी रेटेर हत्या

बुधबार, ३० भदौ २०७८, २० : ३७
बुधबार, ३० भदौ २०७८

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ। गुराँस गाउँपालिका–८ छोटेपोखरीकी  २५ वर्षीया मुना रानाले व्यक्तिगत रिसिबीका कारण घाँटी रेटेर हत्या गरेको स्वीकार गरेकी छन् ।

उनले भदौ २८ गते राति धारिलो वस्तुले घाँटीमा प्रहार गरेर सोही ठाउँका ४२ वर्षीया नगेन्द्र कुमार विसीको हत्या गरेकी हुन् । ​विसी मालिका माध्यमिक विद्यालयमा सामाजिक विषयका शिक्षक थिए । शिक्षक विसीको सोही विद्यालयको बरण्डामा मंगलबार बिहान ७ बजेतिर शव भेटिएको थियो । बिहान दूध पु–याउन जाँदै गरेका स्थानीयले शिक्षक विसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रजीत सुनारको कमाण्डमा प्रहरी चौकी लालिकाँडाबाट खटिएको टोलीले उक्त घटनाको घटनास्थल, लासजाँच, मुचुल्का, घटनास्थलमा भेटिएका सबुत प्रमाण संलग्न र खानतलासी बरामदी मुचुल्का समेत तयार गरेर अनुसन्धान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले अनुसन्धानको क्रममा  ती महिलाले हत्या गरेको स्वीकार गरेको जानकारी दिए । 

उनले भने,‘ अपराध स्वीकार गरेकै आधारमा पीडित पक्षबाट जाहेरी दरखास्त लिई मुना रानालाई कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ ।’ घटना बारे थप अनुसन्धान पनि भइरहेको श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप