शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : लेखराज भट्ट

बुधबार, ३० भदौ २०७८, १८ : ०१
बुधबार, ३० भदौ २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । धनगढीमा आज आयोजित छलफल कार्यक्रममा उनले गेटा मेडिकल कलेजका लागि आवश्यक पूर्वाधार तयार भइसकेकाले छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले गेटा मेडिकल कलेज सञ्चालन भएसँगै सुदूरपश्चिमको विकासमा टेवा पुग्ने भन्दै सो कलेज सञ्चालनका लागि सबैले आ–आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताए ।

उनले चिकित्सकले विश्वविद्यालयका रूपमा अघि बढाउनुपर्ने सुझाव दिँदै आएकाले यसमा सबैको राय लिन उचित हुने बताए । सरोकारवालाबाट आएको सुझावका आधारमा राजनीतिक दलहरूसँग छलफल गरी अघि बढ्ने उनको भनाइ थियो । 

छलफल कार्यक्रममा सहभागी चिकित्सकले मेडिकल कलेजलाई प्रतिष्ठान बनाएर अघि बढाउन सुझाव दिएका थिए भने प्राध्यापकहरूले विश्वविद्यालयका रूपमा अघि बढाउन सुझाव दिएका छन् । नेता भट्टले कञ्चनपुरको दोधारा चाँदनी नाका भारतसँग व्यापार गर्नका लागि मुलुककै सबैभन्दा महत्वपूर्ण नाका बन्ने जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप