शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि प्रधानमन्त्रीसँग आग्रह

बुधबार, ३० भदौ २०७८, १७ : ४९
बुधबार, ३० भदौ २०७८

पोर्चुगलमा रहेका नेपालीहरुले त्यहाँ नेपाली दूतावास स्थापनाका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोर्चुगलमा रहेका नेपालीहरुको एक प्रतिनिधिमण्डलले दूतावास स्थापनाका लागि पहल गर्न आग्रह गरेको हो । 

पोर्तुगल निवासी गंगा बहादुर नेम्कुलको नेतृत्वमा देउवा भेट्न पुगेको टोलीले दूतावास नहुँदा नेपालीहरुले विभिन्न सास्ती भोग्नुपरेको भन्दै अपील पत्र हस्तान्तरण गरेको थियो ।  अपील पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले यसबारे आफूले बुझेर आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ । 

सो क्रममा प्रतिनिधिसभा सदस्य भीमसेन दास प्रधानलगायतको पनि उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप