बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बैतडीका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप

बुधबार, ३० भदौ २०७८, १७ : १५
बुधबार, ३० भदौ २०७८

देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ । पहिलो दिन आज विद्यार्थीले अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् ।  यहाँ कक्षा १२ मा तीन हजार ६५५ विद्यार्थी छन् । सहभागी सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । सरकारको निर्णयअनुसार नै कक्षा १२ को परीक्षा दिने परीक्षार्थीहरूलाई यसअघि नै खोप दिइएको हो ।

परीक्षामा सहभागी हुने विद्यार्थीलाई एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । बैतडीमा ६२ वटा परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको पनि प्रमुख अवस्थीले बताए । उनले भने, “कोरोना सङ्क्रमणको जोखिमका कारण यसपालि होम सेन्टरमै परीक्षा सञ्चालन भइरहेका छन् ।” परीक्षा केन्द्रमा स्यानिटाइजर र मास्कको अनिवार्य व्यवस्था गरिएको छ । त्यस्तै परीक्षार्थीबीच भौतिक दूरी कायम गरी परीक्षा सञ्चालन भइरहेको छ । 

 स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका १० वटै स्थानीय तहमा कक्षा १२ को परीक्षामा सहभागी हुने विद्यार्थीका लागि तीन हजार सात सय डोज खोप पठाएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप