शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सोनू सुदको अफिसमा आयकर विभागको छापा

बुधबार, ३० भदौ २०७८, १७ : १३
बुधबार, ३० भदौ २०७८

बलिउड अभिनेता सोनू सूदको अफिसमा आयकर विभागको छापा परेको छ । रिपोर्टका अनुसार आयकर विभाग हाल सोनूको मुम्बईस्थित कार्यालयमा छन् ।

उनको एक सम्पत्तिको अकाउन्ट बुकमा गडबडीको आरोपपछि समूहले उक्त सम्पत्तिको सर्वेक्षण गरिरहेको छ । आयकर विभागको समूह्ले सोनू सुद र उनको कम्पनीसँग सम्बन्धित ६ स्थानमा सर्वेक्षण गरेको छ ।

केही दिन अघि मात्रै दिल्ली सरकारले सोनू सूदलाई विद्यार्थीसँग सम्बन्धित कार्यक्रमका ब्रान्ड एम्बेसेडर बनाइएको छ । यतिबेला उनी आम आदमी पार्टीमा समावेश हुने अडकलबाजी पनि गरिएको थियो तर सोनूले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग उनको राजनीतिबारे कुनै कुराकानी नभएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप