आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

घण्टाघर भत्काए भने हामी बनाउँछौं : केपी ओली

बुधबार, ३० भदौ २०७८, १० : ००
बुधबार, ३० भदौ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले भत्काउन मात्रै जानेको बनाउन नजानेको बताएका छन् । बुधबार बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले घण्टाघर बनाउने भनेर गरेको घोषणा हास्यास्पद भएको टिप्पणी गरे ।

‘यिनीहरुले घण्टाघर बनाउँछन् रे, यिनीहरुले बनाउँदैनन् भत्काउन मात्रै जानेका छन्, यिनीहरुले भत्काए भने पनि हामी बनाउँछौ घण्टाघर’ ओलीको भनाइ छ । उनले भूकम्पका बेला नेकपा एमालेले २७ हजार घर, १३ हजार स्कुल र चौकीहरू बनाएको भन्दै अब एमाले परोपकारी संस्थाका रुपमा हाजिर भइरहेको र अझै भइरहेको अझ भइरहने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप