बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बनेपाको ‘आगन्तुक रिर्सोट’मा गरिमा विकास बैंकका ग्राहकले पाउनेछन् २३% सम्मको छुट

बुधबार, ३० भदौ २०७८, १६ : ४३
बुधबार, ३० भदौ २०७८

काठमाडौं । पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’मा गरिमा विकास बैंकका ग्राहकले २३ प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका छन् ।

बैंकले रिसोर्टसँग विभिन्न सेवा सुविधामा आफ्ना ग्राहकलाई आर्कषक छुट सम्बन्धी सम्झौता गरेसँगै ग्राहकले सो छुट पाउने भएका हुन् ।

संझौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरूले रिसोर्टको रुममा २३% र फुड एण्ड वेभरेजमा १४% छुट पाउने छन् ।

साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एन्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट सम्बन्धि सम्झौता गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप