टिजर सार्वजनिक गर्दै ‘टुल्की’ ले थाल्यो प्रचार
फिल्म हल सञ्चालनमा आउने भएपछि निर्माता निर्देशक फिल्म प्रचार प्रसारमा समेत जुट्न थालेका छन् । यस्तैमा फिल्म ‘टुल्की’ को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै निर्माण युनिटले फिल्मको टिजर सार्वजनिक गरेको हो ।टिजरमा फिल्मका केही महत्वपूर्ण दृश्य समेटिएका छन् । ब्राम्हण युवतीले माथिल्लो डोल्पाको शेर्पासँग मायाप्रेममा परेर विवाह गरेपछि भोग्नुपरेको समस्या फिल्मले कथामा देखाउन खोजेको छ ।
द पाल्म ग्रुप प्रालिको ब्यानरमा लक्ष्मण सुनारको कथा रहेको फिल्मको निर्देशक देवजंग थापाले गरेका हुन् । शिशिर वाङदेल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको अभिनय फिल्ममा छ ।
आरपी कर्माचार्य र शेखर लामाको निर्माण रहेको फिल्म एक करोड लागतमा तयार भएको कार्यक्रममा जानकारी दिइयो । फिल्म स्वदेशभन्दा पहिले विदेशका बिभिन्न फेस्टिभलमा देखाइनेछ । कार्यक्रममा कलाकार तथा निर्माण टिमले फिल्म राम्रो बनेको दाबी गरे । लकडाउनको समय सदुपयोग गर्दै छायाँकन भएको बताइएको फिल्ममा सन्जिव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’ को सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको आयआर्जन बढाउन बगरखेती प्रवर्द्धन
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर