आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हंसपुर नगर प्रमुखलाई अवहेलना मुद्दामा अदालतमा हाजिर हुन आदेश

बुधबार, ३० भदौ २०७८, १६ : ३६
बुधबार, ३० भदौ २०७८

अदालतको आदेशलाई चुनौती दिएको भन्दै हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई उपस्थित हुन अदालतले आदेश दिएको छ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उच्च अदालत जनकपुरले आदेश पालना नगरेको भन्दै उपस्थित हुन आदेश दिएको हो ।

हंसपुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीलाई हाजिर गर्नबाट रोक लगाएपछि अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले भदौ ९ मा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्नबाट रोक लगाउने कार्य नगर्नु नगराउनु भन्दै नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले अधिकारीलाई हाजिर हुन नदिएपछि उनीहरु विरुद्ध अदालतको अवहेलना सम्बन्धमा परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद वाग्ले र रमेश ढकालको संयुक्त इजलासले उनीहरूलाई उपस्थित हुन आदेश दिएको छ ।

अवहेलना मुद्दाबारे व्यहोरा र प्रमाणसहित ७ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप