शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चैनपुरका युवा उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिन राष्ट्रिय वाणिज्य बैंकले गर्यो राष्ट्रिय युवा परिषदसँग साझेदारी

बुधबार, ३० भदौ २०७८, १६ : २४
बुधबार, ३० भदौ २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषदसँगको साझेदारीमा युवा उद्यमशीलता विकास तालिम संचालन गर्ने भएको छ । 

युवालाई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद र संखुवासभाको चैनपुर नगरपालिका बीच सम्झौता भएको छ । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल र चैनपुर नगरपालिका प्रमुख भरतकुमार खत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि राष्ट्रिय युवा परिषदले नगरपालिका भरिका १६ देखि ४० वर्षसम्मका १०० जना युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता ७ दिने तालिम कार्यक्रम संचालन गर्नेछ । साथै, तालिम प्राप्त उद्यमीहरूलाई आवश्यकता अनुसार बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा लगानी गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप