शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

दैनिक ३० करोड माथिको कारोबार गर्ने फोन पेको मर्चेन्ट संख्या ५ लाख पुग्यो

बुधबार, ३० भदौ २०७८, १६ : ०९
बुधबार, ३० भदौ २०७८

काठमाडौं । फोनपे पेमेन्ट सर्विसमा मर्चेन्टको संख्या ५ लाख पुगेको छ । स्थापनाको २ वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको कम्पनीले जनाएको छ । 

फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको पनि कम्पनीले जनाएको छ । यस्तै अन्तर बैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरि दैनिक १ अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।

फोन पे बैंकिङ्ग र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका ७ वटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन् । 

फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप