शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ४० अङ्कको पहिरो

बुधबार, ३० भदौ २०७८, १५ : ५०
बुधबार, ३० भदौ २०७८

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक आज ४०.२६ अङ्कले घटेको छ । हिजो मंगलबार १८ अङ्कले घटेको नेप्सेमा आज थप गिरावट भएको हो । 

शुरूमा बढे पनि कारोबार समय सकिँदासम्म ४० अङ्कले घटेर नेप्से परिसूचक २८८९.०३ अङ्कमा झरेको छ । नेप्सेमा आज १ करोड ५ लाख ५७ हजार ८७७ कित्ता सेयर किनबेच भयो । ५ अर्ब ३५ करोड ९० लाख ९७ हजार २५१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जानकारी दिएको छ । 

कारोबार भएका १३ वटै समूहमा गिरावट आएको छ । जसमध्ये, निर्जीवन बीमा समूहमा सबैभन्दा बढी २७२, जीवन बीमा समूह १७५ र विकास बैंक समूहमा ११६ अङ्कको गिरावट आएको छ ।

नेप्से परिसूचक घटेपनि आज मनकामना स्मार्ट लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले सबैभन्दा बढी कमाएका छन् । स्मार्टको शेयरमूल्य ८ र कर्पोरेटको शेयर मूल्य ६ प्रतिशतले बढेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप