आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बजेटबारे छलफल गर्न बैठक बस्दै महासंघ

बुधबार, ३० भदौ २०७८, १५ : २२
बुधबार, ३० भदौ २०७८

नेपाल उद्योग वाणिज्य संघले चालू आर्थिक वर्ष २०७८/७९ का लागि पेश भएको बजेटबारे छलफल गर्न बैठक डाकेको छ । सरकारले गत साताको शुक्रबार प्रतिनिधि सभामा बजेट पेश गरेपछि त्यसको प्रतिक्रिया महासंघले अहिलेसम्म दिएको छैन ।

सोही विषयमा छलफल गर्न आज महासंघको सचिवालयमा बैठक बस्ने महासंघका अध्यक्ष शेखर गोल्छाले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘सरकारले बजेट ल्याएपछि डण्डी उद्योगी दुई धारमा बाँडिएका छन् । यही विषयमा समेत छलफल हुने छ ।’ यसबाहेक, अन्य विषयमा समेत महासंघको बैठकमा छलफल हुने गोल्छाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप