शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘सक्किगोनी’ ओएसआर डिजिटलमा हेर्न नपाइने

बुधबार, ३० भदौ २०७८, १३ : ५०
बुधबार, ३० भदौ २०७८

दर्शकले चर्चित हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’को नयाँ श्रृंखला अब ओएसआर डिजिटलमा हेर्न नपाउने भएका छन् । निर्माण युनिट र ओएसआर डिजिटलबीचको सम्झौता बुधबारबाट सकिएपछि ‘सक्किगोनी’को नयाँ श्रृंखला ओएसआर डिजिटलबाट प्रसारण नहुने भएको श्रृंखलाका निर्देशक तथा कलाकार कुमार कट्टेलले जानकारी दिए ।

हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको श्रृंखला टेलिभिजनपछि ओएसआर डिजिटलबाट सार्वजनिक हुँदै आएको थियो । अब भने निर्माण युनिटको श्रृंखला उक्त युट्युव च्यानललाई नदिने भएको हो ।

‘ओएसआर  डिजिटलसँगको हाम्रो सम्झौता सकियो । त्यसैले दर्शकले अव हाम्रो श्रृंखला त्यो युट्युबमा हेर्न सक्नेछैनन्’ निर्देशक अर्जुन घिमिरेले भने ‘अहिलेलाई दर्शकका लागि जेपिटी क्रियसनबाट ल्याउने छौँ।’ जेपिटी क्रियसन निर्माण युनिटको आफ्नै च्यानल रहेको उनले सुनाए ।

पछिल्लो समय निर्माण भएका श्रृंखलामध्ये हिट मानिएको ‘सक्किगोनी’मा टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), रक्षा श्रेष्ठ , अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), दिपक आचार्य, शंकर आचार्य लगायत कलाकारको देखिँदै आएका छन् ।

श्रृंखलाका निर्देशक तथा कलाकार मध्यका एक अर्जुन घिमिरे ‘पाँडे’भने आमाको उपचारमा सक्रिय रहेको कारण केही सातादेखि श्रृंखला अभिनय बाहिर रहँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप