कक्षा १२ को परीक्षामा सहभागी हुँदै करिश्माले भनिन्– रातभर सुत्न सकिन
कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् ।
कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा केन्द्र किटनी कलेज गोदावरी पुगेकी छन् । उनले अध्ययन पनि सोही कलेजबाट गरेकी हुन् । परीक्षा केन्द्र पनि उनको त्यही परेको छ । अहिलेको समय परीक्षा हुँदा केही अप्ठ्यारो महसुस भइरहेको उनले बताएकी छन् । अभिनय, ब्यवसाय बिभिन्न कामले धेरै ब्यस्त भएको कारण करिश्माले यो पटकको परीक्षामा धेरै तयारी गर्न सकेकी छैनन् ।
केही दिनको तयारीमा आफु म परीक्षा दिन आएको उनले बताइन् । ‘यो पटकको परीक्षामा धेरैे तयारी गर्न सकेको छैन’ करिश्माले भनिन् ‘सहि तरिकाले तयारी गर्ने हो भने थोरै समय पनि लाभदायक हुँदो रहेछ ।’ हिजोसम्म सुटिङमा रहेकी करिश्माले परीक्षाको कारण बुधबारबाट ८ असोजसम्मका लागि सबै काम स्थगित गरेकी छन् । मेजर अंग्रेजी बिषय लिएर अध्ययन गरिरहेकी करिश्माले कोरोनाले कलेज छुटाएकोले लेखनमा गाहे हुने हो कि भन्ने अनुमान गरिन् ।
कलेज परीक्षामा केही राम्रो रिजल्ट ल्याउनुपर्ने प्रेसर समेत उनलाई रहेको छ । सोही कारणले पनि आफु रातभर पटक पटक ब्यूँतिएर सुत्न नसकेको करिश्माले सुनाइन् । अभिनयको अलवा समाजसेवामा समेत सक्रिय उनले केही अगाडि आफुलाई राजनीतिबाट अलग राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार