पाल्पामा ६ वर्षसम्म बनेन स्वास्थ्य चौकी
बुधबार, ३० भदौ २०७८, १३ : २९
जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन । रु ५१ लाख लगानीमा विसं २०७२ मा निर्माण सुरुआत गरिएको सो भवन निर्माणको जिम्मा डीवी कन्स्ट्रक्सनले लिएको थियो । क्रमागत बजेटमा काम थालेको र पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएको स्थानीय बासिन्दा पदम सोमैले जानकारी दिए ।
६ वर्षका अवधिमा स्वास्थ्य चौकी निर्माणाधीन क्षेत्रमा घाँसको झाडी मात्र छ । तत्कालीन शान्ति मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले काम गर्ने भन्ने अझै टुङ्गो नहुँदा अधिकांश योजना अलपत्र अवस्थामा छन् । एक करोड ४० लाख बजेट विनियोजन गरी सो स्वास्थ्य संस्थाको पुनः निर्माण सम्पन्न गर्न बोलपत्र आह्वान प्रक्रिया भइसकेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु