विष्णु माझीको ‘चरी जेलैमा’ को युट्युबमा नयाँ कीर्तिमान
गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा नयाँ कीर्तिमान बनाएको छ । गीतले रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाएर नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । सपना म्युजिक उद्योगको युट्युव च्यानलबाट गत १८ अगष्टमा सार्वजनिक गीतले समाचार तयार गर्दा २ करोड ९ लाख बढी भ्युज पाएको छ । गीतले ३ लाख ३२ हजार लाइक र २१ हजार डिस लाइक पाएको छ । यति थोरै समयमा यति धेरै भ्युज पाउने सम्भवत यो गीत पहिलो हो । यसअघि अस्मिता अधिकारीको गीत ‘टाढा भएपनि’ ले ३८ दिनमा २ करोड भ्युजको रेकर्ड बनाउन सफल भएको थियो ।
गीतले समेत चारैतिर चर्चा बटुलीरहेको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत बिष्णु माझीको जीवनसँग समेत जोडेर चर्चा गर्न थालिएको छ । सामाजिक सञ्जालमा उनको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको थियो । केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको थियो ।
सोधखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले बताएका थिए । राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएपछि प्रहरी उनको माइती पुगेको हो ।
यसअगाडि पनि उनको यसै गरेर पटक–पटक खोज हुने गरेको थियो । सो क्रममा श्रीमान् सुन्दरमणि अधिकारीसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पुगेर आफू राजी खुशीले सार्वजनिक नभएको उनले बताउँदै आएकी थिइन् ।
केही अगाडि विष्णु माझीको स्वर रहेको ‘सालको पात’ बोलको गीत पनि सर्वाधिक हिट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर व्यवस्थापनमा कोइकाले १० मिलियन डलर दिने
-
इरानी राष्ट्रपतिको पाकिस्तान भ्रमणमा अमेरिकाले दियो यस्तो चेतावनी
-
अमेरिकाद्वारा इजरायल र युक्रेनका लागि अर्बौँको सहयोग स्वीकृत
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार