बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आइफोन १३ सिरिजका ४ मोडल सार्वजनिक, ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म काम गर्ने

बुधबार, ३० भदौ २०७८, ११ : ५७
बुधबार, ३० भदौ २०७८

एप्पलले मंगलबार अबेर राती आफ्नो क्यालिफोर्निया स्ट्रिमिङ भर्चुअल इभेन्टमा आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । यसमा आइफोन १३ सिरिजसहित नयाँ एन्ट्री लेभल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज समावेश छन् । एप्पलले आफ्नो नयाँ आइफोनलाई पुरानो मोडलको तुलनामा धेरै नै उन्नत बनाएको छ । आउनुहोस्, आइफोनको नयाँ मोडलबारे जानकारी लिऔं । 

आइफोन १३ सिरिजको विवरण र मूल्य :
एप्पलले आइफोन १३ सिरिजका चारवटा मोडल सार्वजनिक गरेको छ । यसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन् । आइफोन १३ मिनी र आइफोन १३ लाई एउटै श्रेणीमा राखिएको छ । आउनुहोस्, सबैभन्दा पहिला यसबारे जानकारी लिऔं । 

– आइफोन १२ मिनीमा ५.४ इन्टर सुपर रेटिना XDR OLED डिस्प्ले दिइएको छ । यसको रिजोल्यूशन 2340x1080 पिक्सल र डेनसिटी 476ppi  हो । यस्तै, आइफोन १३ मा ६.१ इन्चको सुपर रेटिना XDR OLEDडिस्प्ले दिइएको छ । जसको रिजोल्यूशन 2532x1170 पिक्सल र डेनसिटी 476ppi छ । दुबै मोडललाई गोलो आकारको डिजाइन दिइएको छ । 

– यो डिस्प्ले HDR ट्रू टोन, वाइड कलर (P3), हेप्टिक टचलाई सपोर्ट गर्छ । यसको अधिकतम ब्राइटनेस ८०० निट्स छ । यसमा फिंगरप्रिन्ट रेजिस्टेन्स ओलियोफोबिक कोटिङ दिइएको छ । दुबै फोनमा एल्युमिनियम डिजाइन दिइएको छ । यी दुबै मोडलको प्रोडक्टलाई रेड, स्टारलाइट, मिडनाइट, ब्लू र पिंक कलरमा खरिद गर्न सकिनेछ । यसको डिस्प्लेमा सेरेमिक शिल्ड र ब्याक प्यानलमा ग्लासको प्रयोग गरिएको छ ।

 – दुबै स्मार्टफोनलाई १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज अप्सनमा खरिद गर्न सकिनेछ । यसमा ए १५ बायोनिक चिप दिइएको छ । यसका साथै यसमा सिक्स कोर सीपीयू र ४ कोर जीपीयू दिइएको छ । आइफोन १३ मिनीको तौल १४१ ग्राम र आइफोन १३ को तौल १७४ ग्राम हो । यो आइफोन  रेटिङसहित आउँछ । जून फोन पूर्ण रुपमा वाटरप्रुफ हुन्छन्, त्यसलाई यो रेटिङ दिइने गरिन्छ । अर्थात् यो मोडल ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म काम गर्नेछ । 

–क्यामराको कुरा गर्ने हो भने दुबै मोडलमा १२ मेगापिक्सलको डुअल रियर क्यामरा दिइएको छ । यसमा पहिलो वाइड र दोस्रो अल्ट्रा वाइड एंगललाई सपोर्ट गर्छ । वाइड लेन्सको अपर्चर ƒ/1.6 र अल्ट्रा वाइड लेन्सको अपर्चर  ƒ/2.4 हो । यसले १२० डिग्री एरिया कभर गर्न सकछ । यसले टुएक्स अप्टिकल र फाइभएक्स डिजिटल जुमलाई सपोर्ट गर्न सक्छ । सेल्फीका लागि पनि १२ मेगापिक्सलको लेन्स दिइएको छ । 

–उत्कृष्ट फोटोग्राफीका लागि यसमा पोट्रेट मोड, बोकेह इफेक्ट र डेप्थ कन्ट्रोल पाउन सकिन्छ । यसमा शिफ्ट अप्टिकल इमेज स्टेबलाइजेशन दिएएको छ । यसमा ६३ मेगापिक्सल बराबरको प्यानारोमा शट्स लिन सकिन्छ । यसमा नाइट मोड, डीप फ्युजन, स्मार्ट एचडी आर फोर, लाइभ फोटोजजस्ता मोड पाइन्छ । 

–भिडियोग्राफीका लागि यसमा सिनेम्याटिक मोड पाइन्छ । यसमा फूल एचडी (1080p ) मा ३० फ्रेम प्रति सेकेन्डमा रेकर्डिङ गर्न सकिन्छ । यस्तै एचडीआर भिडियो रेकर्डिङ, फोरके डल्बी भिजन रेकर्डि पनि गर्न सकिनेछ । प्रयोगकर्ताले फूल एचडी रेजोल्यूशनयुक्त स्लो मोशन भिडियो पनि सुट गर्न सक्नेछन् । यसका साथै टाइम ल्याप्स, नाइट मोड, भिडियो रेकर्डिङका बेला ८ एमपी फोटो, प्लेब्याक जूमजस्ता विशेषता पनि पाइन्छ । 

–यस्तै ब्याट्रीको कुरा गर्ने हो भने दुबै मोडलमा लिथियम आयन ब्याट्रि पाइनेछ जसले १५ वाटको म्यागसेफ वायरलेस चार्जिङ र ७.५ वाटको क्यूआई वायरलेस चार्जिङ सपोर्ट गर्छ । कम्पनीको दाबीका अनुसार यो २० वाटको एडप्टरबाट ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुनसक्छ । आइफोन १३ मिनीमा १७ घण्टाको भिडियो प्लेब्याक, १३ घण्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ५५ घण्टाको अडियो प्लेब्याक पाउनेछ । यसैगरी आइफोन १३ मा १९ घण्टाको भिडियो प्लेब्याक, १५ घण्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ७५ घण्टाको अडियो प्लेब्याक पाइनेछ । 

आइफोन १३ मिनी र आइफोन १३ को मूल्य :

१२८ जीबी भेरियन्टको आइफोन १३ मिनीको मूल्य करिब १ लाख १२ हजार रुपैयाँ पर्छ । यस्तै २५६ र ५१२ जीबीको आइफोन १३ मिनीको मूल्य क्रमशः लगभग १ लाख २८ हजार, १ लाख ६० हजार रुपैयाँ पर्नेछ ।  यसका साथै, आइफोन १३ को १२८, १५६, ५१२ जीबी आइफोन १३ को क्रमशः लगभग १ लाख २८ हजार, १ लाख ४४ हजार १ लाख ७६ हजार रुपैयाँ पर्न आउँछ । 

अब कुरा गरौं आइफोन १३ प्रो र १३ प्रो म्याक्सको विशेषता र मूल्यबारे :

–आइफोन १३ प्रोमा ६.१ इन्च सुपर रेटिना XDR OLED डिस्प्ले प्रोमोशन दिइएको छ । यसको रेजोल्यूशन 2532x1170 पिक्सल र डेनसिटी 460ppi हो । यस्तै, आइफोन १३ प्रो म्याक्समा ६.७ इन्च सुपर रेटिना XDR OLED डिस्प्ले प्रोमोशन दिइएको छ । यसको रेजोल्यूशन 2778x1284 पिक्सल र डेनसिटी  458ppi हो । दुबै मोडललाई गोलो आकारको डिजाइन दिइएको छ । 

–यो डिस्प्ले प्रोमोशन टेक्नोलोजी र 120Hz रिफ्रेश रेटसहित आउँछ । दुबै डिस्प्ले एचडीआर, ट्रू टोन, वाइड कलर ( P3), हेप्टिक टचलाई सपोर्ट गर्छ । यसको अधिकतम ब्राइटनेस १,२०० निट्स हो । यसमा फिंगरप्रिन्ट रेजिस्टेन्स ओलियोफोबिक कोटिङ दिइएको छ । दुबै फोनमा स्टेनलेस स्टिल डिजाइन दिइएको छ । यी दुई मोडललाई ग्रेफाइट, गोल्ड, सिल्भर र सिएरा ब्लू रङमा खरिद गर्न सकिनेछ । यसको डिस्प्लेमा सेरेमिक शिल्ड र ब्याक प्यानलमा ग्लासको प्रयोग गरिएको छ । 

–यी दुबै स्मार्टफोनलाई १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेज अप्सनमा खरिद गर्न सकिनेछ । यसमा A15 बायोनिक चिप दिइएको छ । यसका साथै यसमा सिक्स कोर सीपीयू र फोर कोर जीपीयू दिइएको छ । आइफोन १३ प्रोको तौल २०३ ग्राम र आइफोन १३ प्रो म्याक्सको तौल २३८ ग्राम हो । यो आइफोन IP68​ रेटिङसहित आउँछ जसले फोन पूर्ण रुपमा वाटरफ्रुप भएको जानकारी दिन्छ । यो मोडलका फोनले ६ मिटर गहिरो पानीमा आधा घण्टासम्म काम गर्नेछ । 

–यदि क्यामराको कुरा गर्ने हो भने दुबै मोडलमा १२ मेगापिक्सलको ट्रिपल रियर क्यामरा दिइएको छ । यसमा पहिलो टेलिफोटो, दोस्रो वाइड र तेस्रो अल्ट्रा वाइड एंगल सपोर्ट गर्छ । टेलिफोटोको अपर्चर  ƒ/2.8, वाइड लेन्सको अपर्चर ƒ/1.5 र अल्ट्रा वाइड लेन्सको अपर्चर  ƒ/1.8 हो । यसले १२० डिग्री एरिया कभर गर्छ । यो 2x​अप्टिकल र 15x डिजिटल जूमलाई सपोर्ट गर्छ । सेल्फीका लागि पनि १२ मेगापिक्सल लेन्स दिइएको छ । 

–उत्कृष्ट फोटोग्राफीका लागि यसमा पोट्रेट मोड, बोकेह इफेक्ट र डेप्थ कन्ट्रोल पाइन्छ । यसमा शिफ्ट अप्टिकल इमेज स्टेबलाइजेशन दिइएको छ । यसमा ६३ मेगापिक्सल बराबरको प्यानारोमा शट्स लिन सकिन्छ । यसमा नाइट मोड, डीप फ्युजन, स्मार्ट एचडीआर फोर, लाइभ फोटोजजस्ता मोड पाइन्छ । नाइट मोडमा पहिलोपटक तीनवटा क्यामरा प्रयोग गर्न सक्नुहुन्छ । 

–भिडियोग्राफीका लागि यसमा सिनेम्याटिक मोड पाइन्छ । यसले फूल एचडी (1080p) मा ३० फ्रेम प्रति सेकेन्ड रेकर्डिङ गर्न सक्नेछ । यस्तै, एचडीआर भिडियो रेकर्डिङ, 4K​ डल्बी भिजन रेकर्डिङ पनि गर्न सकिनेछ । प्रयोगकर्ताले फूल एचडी रेजोल्यूशनयुक्त स्लो मोसन भिडियो पनि सुट गर्न सक्नेछन् । यसका साथै टाइम ल्याप्स, नाइट मोड, भिडियो रेकर्डिङका बेला ८ एमपी फोटो, प्लेब्याक जूमजस्ता विशेषता पनि पाइन्छन् । 

–ब्याट्रीको कुरा गर्ने हो भने दुबै मोडलमा लिथियम आयन ब्याट्री पाइनेछ जुन १५ वाटको मेगसेफ वायरलेस चार्जिङ र ७.५ वाटको क्यूआई वायरलेस चार्जिङलाई समर्थन गर्छ । कम्पनीको दाबी अनुसार यो २० वाटको एडेप्टरबाट ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुनेछ । आइफोन १३ प्रोमा १२२ घण्टाको भिडियो प्लेब्याक, २० घण्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ७५ घण्टाको अडियो प्लेब्याक पाइनेछ । यसैगरी, आइफोन १३ प्रो म्याक्समा २८ घण्टाको भिडियो प्लेब्याक, २५ घण्टाको भिडियो प्लेब्याक स्ट्रिमिङ, ९५ घण्टाको अडियो प्लेब्याक पाइनेछ । 

आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्सको मूल्य :
आइफोन १३ प्रोको १२८ जीबी, १५६ जीबी, ५१२ जीबी र १ टीबीको मूल्य क्रमशः करिब १ लाख ९२ हजार, २ लाख ८ हजार, २ लाख ४० हजार, २ लाख ७२ हजार रुपैयाँ पर्छ ।  साथै आइफोन १३ प्रो म्याक्सको १२८ जीबी, २५६ जीबी, ५१२ जीबी, १ टीबीको मूल्य क्रमशः करिब २ लाख ८ हजार, २ लाख २४ हजार, २ लाख ५६ हजार, २ लाख ८८ हजार रुपैयाँ पर्न आउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप