साताको साहित्य
गीत : आखिर त्यो त माया रहेछ
–राकेश कार्की
आखिर त्यो त माया रहेछ
व्यर्थैमा यी आँसु बगेछ
दुःख भन्छन् कहाँ छ
आँसुसँगै उडिजाने
मनको बह बिस्तारै
समयले चुँडिलाने
मलाई प–यो उसलाई प–यो
रोक्दारोक्दै आँसु झ–यो
व्यर्थैमा यी आँसु बगेछ
आखिर त्यो त माया रहेछ
धेरै खुसी भेटिन्छ
आफ्नोसँग रमाउँदा
जीवनको सुख त्यहीँ
मन लगि थमाउँदा
सन्तोष हुन्छ छातीभित्र
अलिकति हाँसे मात्र
व्यर्थैमा यी आँसु बगेछ
आखिर त्यो त माया रहेछ
आखिर त्यो त माया रहेछ
व्यर्थैमा यी आँसु बगेछ
(लस एन्जेलस, अमेरिका)
गीत : मेरो देश दुखिरहेको छ...
कल्पना खरेल
मेरो देश दुखिरहेको छ,
को छ वीर सपूत यहाँ ?
सीमा मिचिरहेको छ,
को छ बोल्ने वीर यहाँ ?
देश स्वार्थको खेल्ने
रङ्गशाला सम्झिदिए यहाँ
देश भ्रष्टाचारीको अड्डा मात्र
सम्झिदिए यहाँ
गरिब सोझा जनता
अन्याय सहिरहे यहाँ
झुटा टाठाबाठाले मात्र
भुँडी भरिरहे यहाँ
को छ मेरो देश सम्हाल्ने
वीर सपूत यहाँ ?
को छ मेरो देशको घाउमा
मल्हम लाउने यहाँ ?
०००००
गीत : राष्ट्रभक्ति
प्रदीप पोखरेल
म त खोली तर्दिनँ भो छिमेकीले तुइन काट्छ
सुस्ता लुट्छ, बाँध खोल्छ हाम्रो खुसी किन काट्छ ?
दुइटा ढुङ्गा बीचको तरुल कैले फुल्ला कैले फल्ला ?
दक्षिण लाग्दा भारतले उत्तर लाग्दा चीन काट्छ ।
लिपुलेकमा दाह्रा गाड्यो, यो छातीमा आरा गाड्यो
रोटी–बेटी सम्बन्ध छ भन्दै फेरि नारा छाड्यो
सगरमाथा नाप्छु भन्छ, कहिले भन्छ रारा
बुझ्न गाह्रो छिमेकीको दृष्टि गिद्दे पारा
लुम्बिनीमा पापी नजर लाउँछ बेला बेला
बुद्ध उतै जन्मे भन्दै खबर आउँछ बेला बेला
फाल्दै गरौँ उ दिनमा खुकुरीको खिया
छाती माथि टेक्नेलाई पारौँ छिया छिया ।
रेसुङ्गा–१४, गुल्मी
०००००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण